मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुदूरपश्चिममा लगानी भित्र्याउन लगानी सम्मेलन

सुदूरपश्चिममा लगानी भित्र्याउन लगानी सम्मेलन

  • आइतवार, मंसिर २४, २०८०
सुदूरपश्चिममा लगानी भित्र्याउन लगानी सम्मेलन

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलनको आयोजना गर्दैछ। प्रदेश सरकारले सुदूरपश्चिमको वस्तुस्थिति बुझाउन, लगानी भित्र्याउन र निजी तथा साझेदार संस्थाहरूका लागि लगानीको वातावरण तयार गर्न सम्मेलनको आयोजना गर्न लागेको हो।
लगानी सम्मेलनमा नेपालसहित भारत, चीन, जापान, दुबइ, भेतनाम लगायतका मुलुकबाट लगानीकर्ताहरू धनगढी आउने दाबी छ। प्रदेश सरकारले लगानी गर्न सकिने क्षेत्रको विषयमा जानकारी दिन ठुला लगानीकर्ता भित्र्याउने तयारी गरेको हो। सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले छिमेकी राष्ट्र भारत र चीन तथा अन्य मूलकबाट पनि लगानीकर्ता आउने बताए। उनले भने, ‘पहिलो पटक हो। लगानी कति आउछ भन्दा पनि सुदूरपश्चिमको सकारात्मक सन्देश प्रवाहमा हामी लागेका छौ।’

सुदूरपश्चिमको जलविद्युत्, पर्यटन, उद्योग, होटेल क्षेत्रमा गर्न सकिने लगानीका विषयमा छलफल गरिने छ। सो अवसरमा कैलालीको चिसापानी–राजकाँडा केबुलकार शिलान्यासको तयारीसमेत गरिएको छ। नेपाली लगानीकर्ताहरुले पाँच अर्बको लगानीमा चिसापानी–राजकाँडा केबुलकार निर्माणको तयारी गरेका छन्। उनीहरूले राजकाँडामा होटलसहितको केबुलकार निर्माणका लागि लगानी सम्मेलनको समयमा शिलान्यास गर्ने तयारी थालेका हुन्। उनले भने, ‘चिसापानी–राजकाँडा केबुलकारको शिलान्यास हुन्छ। होटल व्यवसायीहरूको पनि कुरा आएको छ। उहाँलाई हामी वातावरण बनाउदैछौ।’

चिसापानी–राजकाँडा केबुलकारसँगै प्रदेशमा पाँच तारे होटेलमा लगानी गर्ने वातावरणसमेत प्रदेश सरकारले तयार गर्ने दाबी छ। प्रदेश सरकारले निजि क्षेत्रलाई सेवासँग जोड्न निजि क्षेत्र प्रवर्धन तथा सह–लगानी कार्यविधि निर्माण गर्दैछ। कार्यविधि अनुसार प्रदेश सरकारले निजि क्षेत्रसँग होटेल, जलविद्युत्, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने भएको छ। निजि क्षेत्रका लागि सुदूरपश्चिममा अनुकूल वातावरण तयार गर्ने दाबी प्रदेश सरकारको छ। मन्त्री शाहीले भने, ‘निजि क्षेत्रको प्रमोसनमा हामी छौ। निजि क्षेत्रलाई हामीले के दिन्छौ भन्नेमा छौ। जमिन र कर बाहेक अन्य सहयोग हामी गर्न सक्छौ।’

सुदूरपश्चिममा कृषि, जलस्रोत, उद्योग, पर्यटन र जडीबुटी क्षेत्रमा सम्भावना भएर पनि अहिलेसम्म कहिँकतैबाट ठुलो लगानी हुन सकेको छैन्। निजी क्षेत्रले पनि लगानीको उचित वातावरण नभएको भन्दै लगानी गर्न मानिरहेको छैन्।
कैलालीको चिसापानी–राजकाँडा केबुलकार निर्माणका लागि पाँच अर्ब लगानी गरिने भएको छ। सुदूरपश्चिममा आगामी फागुन २३ र २४ गते हुने सुदूरपश्चिम लगानी सम्मेलनको अवसरमा सो केबुलकार निर्माणका लागि शिलान्यास गर्ने तयारी समेत गरिएको हो। चिसापानीदेखि राजकाँडासम्म केबुलकारसहित होटेलहरू निर्माण गर्ने तयारी छ।

प्रदेश सरकारले पाँच तारे होटेल, जलविद्युत्मा लगानी, औद्योगिक क्षेत्रमा लगानीका लागि लगानी सम्मेलनको आयोजना गर्दैछ। लगानी सम्मेलनमा नेपालसहित भारत, चीन, जापान, दुबई, भेतनाम लगायतका देशबाट लगानी कर्ताहरूलाई धनगढी बोलाउने तयारी छ। प्रदेश सरकारले निजि क्षेत्र प्रवर्धक तथा सह–लगानी कार्यविधि निर्माण गरेर सुदूरपश्चिमको विकासमा निजि क्षेत्रसँग हातेमालो गर्ने बताउँदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार