• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको बिकट बिच्छ्यामा १ सय ३० किलोवाट बिधुत उत्पादन गरिने

बाजुराको बिकट बिच्छ्यामा १ सय ३० किलोवाट बिधुत उत्पादन गरिने

  • सोमवार, मंसिर २५, २०८०
बाजुराको बिकट बिच्छ्यामा १ सय ३० किलोवाट बिधुत उत्पादन गरिने

बाजुरा– जिल्लाको बिकट मानिने हिमाली गाउँपालिकाको बिच्छ्यामा १ सय ३० किलोवाटको बिधुतको शिलान्यास गरिएको छ । यो आयोजना बाट करिव ६ सय घरधुरीका ३ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन । पुर्खौदेखी सल्लाको झरो बाल्दै आएका त्यहाका नागरिकहरु बिधुत उत्पादन हुने भएपछि खुसी भएका छन ।
दुर्गम तथा भौगोलिक हिसाबले बिकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा. बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा सो बिधुत निर्माण गरिने हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए ।
हिमाली गाउँपालिकाको समन्वयमा कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोगमा करिव ९ करोड बराबरको लगानीमा सो बिधुत निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । बिधुत हिमाली गाउँपालिका २ को नातिखोलामा नातिखोलामा पावर स्टेशन बनाएर बितरण गरिने भण्डारीले बताए । सो लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका बिच आइतबार शिलान्यास गरिएको छ।
साविक बिच्छ्या गा बि स का आमनागरिक , स्थानीय जनप्रतिनिधि संघसस्थाका एब्म बिद्यालय स्वास्थ्य संस्थाका कर्मचारी कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई , गाउँपलिका उपाध्यक्ष राजकला सार्की हिमाली गा पा नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायतका कर्मचारीको उपस्तिथिमा सो बिधुतको शिलान्यास गरिएको हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले आयोजनाको शिलान्यास गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । यस क्षेत्रमा हाल सम्म उज्यालोको अन्य विकल्प नभएको सल्लाको झरो बाल्ने गरिएको छ ।

यो आयोजना २०८१ फाल्गुन महिनामा सम्पन्न हुने कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रिटिस गोर्खाज नेपालले जनाएको छ । बिधुत उत्पादन पछि बिच्छ्या आसपासका बस्तीहरुमा जडिबुटी सग सम्बन्धित , फलफूल तथा रैथाने बालिका साथै अल्लो लगायत अन्य बन पैदावर सग सम्बन्धित साना ठुला उधोग एब्म मिलहरु सन्चालन भै जिविको पर्जनमा सुधार हुनुको साथै स्थानीयको आर्थिक सामाजिक बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार