बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बजार
  • नेप्सेको उत्साह एकदिन पनि टिकेन, तीव्र उतारचढावका बिच १५ अंकको गिरावट

नेप्सेको उत्साह एकदिन पनि टिकेन, तीव्र उतारचढावका बिच १५ अंकको गिरावट

  • सोमवार, मंसिर २५, २०८०
नेप्सेको उत्साह एकदिन पनि टिकेन, तीव्र उतारचढावका बिच १५ अंकको गिरावट

काठमाडौँ — मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन ।

आइतबार बजार खुलेलगत्तै आक्रामक बनेको बजारमा १११ अंकको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन पुनः नेप्से सूचक १५.४० अंकले घटेर १९ सय ४८.५७ अंकमा झर्न पुगेको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षाले ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ मा झारिदिएको थियो । यसले लगानीको वातावरण भएको भन्दै लगानीकर्ताहरु उत्साहित भएको विज्ञहरुको तर्क थियो । तर, सो भनाई नेप्सेको दोस्रो दिनको कारोबारले नै असफल पारिदिएको छ ।

तथापि, आज कारोबार भने उच्च अंकले हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५ अंकले नेप्से सूचक घटेको बजारमा यस दिन ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ । यो लामो समयको अन्तरालपछिको उच्च कारोबार हो ।

आज म्यानु एण्ड प्रो, माईक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचकहरु ऋणात्मक भएका छन् ।

आज बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त वित्तीय संस्था र डोटी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य ७ प्रतिशतमाथिले बढेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ७.१५ प्रतिशतले घट्न पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार