आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • फेरि उकालाे लाग्याे सुनकाे भाउ, एकैदिन २८ सयले बढ्यो

फेरि उकालाे लाग्याे सुनकाे भाउ, एकैदिन २८ सयले बढ्यो

  • बिहिबार, मंसिर २८, २०८०
फेरि उकालाे लाग्याे सुनकाे भाउ, एकैदिन २८ सयले बढ्यो

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य फेरि उकालो लागेको छ ।

आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार