आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

  • शुक्रबार, मंसिर २९, २०८०
सुनको मूल्य बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार