बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

  • शनिबार, मंसिर ३०, २०८०
घट्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोेरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

अब पहिलो वर्गमा पेट्रोलको मूल्य १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ तेस्रो वर्गमा १६७ कायम भएको छ । त्यस्तै डिजे र मट्टितेलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार