अमूल्य जीवन सँग खेलवाड
हत्थकडी लगाउ वा गोलीमार सरकार, पावर हातमा छ कित गर उद्दार सरकार। सन्तान् तिम्रै भएपछि माग्छन् न्याय पनि, कस्ले दिन्छ भनौँ जिउँने आधार सरकार। अमूल्य जीवन सँग खेलवाड नगरौँ कत्ती, कुनै दिन अवश्य हुनेछ आर पार सरकार। विदेशी दलाल बनी जनतामा दमन नगरौँ, जनता बन्नेछन् घाँटी सेर्ने हतियार सरकार। लुकाई बसेको रोग निको हुँदैन फैलिएला, […]