मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ

उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ

  • शुक्रबार, चैत्र ३०, २०८०
उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ

उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ,
सधै आफुलाई मात्र सपुत्र देशकै महान भन्छ।

थाहा छ आकास तर्फ फर्कि थुकिरहेको पनि,
पानी माथिको ओबानो तर देशकै शान भन्छ।

रवी सँग लुकी बसेको कवि सँग कहाँ सक्थ्यो,
आफै डिलर भ्रष्टाचारको जताततै दोकान भन्छ।

शुभकामना देशभक्तहरू सबैलाई नयाँ वर्षको,
जस्ले आफुलाई व्यवहारमै देशको परान भन्छ।

भर कत्ति नपर्नु आफुलाई नेता भनौदाहरू को,
जसले बिकासको सट्टा भाषणमा उखान भन्छ।

श्रम सम्झौता गरेर युवा पठाउँछ खाडिमा अनि,
देशभित्र रोजगारको थाई भयो समाधान भन्छ।

अपराधी आफै भ्रष्टाचारी आफै र वेइमान आफै,
राक्षश भन्दा कम्सल छैन अरूलाई सैतान भन्छ।

चर्चामा

सम्बन्धित समाचार