सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ

धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ

  • बुधबार, चैत्र २८, २०८०
धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ

घमण्ड रहित हुनैपर्छ सधै साहित्यकार देशमा,
यिनै हुँन् समाज परिवर्तनका कर्णधार देशमा।

धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ,
तर छाडेन घुन र पुत्ला लाग्ने व्यवहार देशमा।

अहंकारले चुर भयो किन यही साहित्य जगत,
जसको शब्दले नै डाक्नु पर्थ्यो संसार देशमा।

हुनुपर्छ समाजमा देशभक्तीको कदर सधैं भरि,
शहीदकै पनि अवमूल्यन हुन्छ लगातार देशमा।

परिश्रम नगरेका समेत सम्मानित हँन्छन् यहा,
एउटै घरभित्र आपसमा हन्छ तकरार देशमा।

एउटा नागरिकले अस्सी हजार तिर्नैपर्छ याहाँ,
देश बेचेर खान लुकेक हुन्छन् खुँखार देशम।

चर्चामा

सम्बन्धित समाचार