सुदूरपश्चिमका १५ अस्पतालमा कोरोना आशंकामा भर्ना भएका ३३४ जना डिस्चार्ज
धनगढी — सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका तीन सय ३४ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म तीन सय ३४ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढि एक सय २१ जनालाई डिस्चार्ज गरएको छ। यस्तै बयालपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३०, डोटी जिल्ला […]