शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बाजुराको खाद्य संकट क्षेत्रमा जहाज चाटर गरेर मदिरा ढुवानी

बाजुराको खाद्य संकट क्षेत्रमा जहाज चाटर गरेर मदिरा ढुवानी

चामल छैन, मदिरा फालाफाल

  • मङ्लबार, भदौ १६, २०७७
बाजुराको खाद्य संकट क्षेत्रमा जहाज चाटर गरेर मदिरा ढुवानी
फोटो क्यापसन- बाजुराको कोल्टि बिमान स्थलमा हवाइ जहाज बाट मदिरा लगायत खाद्यन्न सामाग्री अनलाेड गरिदै।

बाजुरा १६ भदौ– बाजुराको पूर्बी उतरी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसकेको छ । त्यो क्षेत्रमा खाद्यन्न भन्दा पनि मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोरानाको संकटका समयमा मदिरा जन्य र सुर्ति जन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एरपोटमा भने खुलमखुल्लामदिरा ढुवानी भइरहेको छ ।
कोल्टि एरपोटमा दैनिक सात फलाइट सम्म हुने गरेका छन्, । तिन चार फलाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले वताएका छन् । यो संकटको बेला मदिरा नआउनु पर्ने हो, नेपालगञ्ज सुर्खेतबाट जहाज चाटर गरेर मदिरा आउने गरेको पौडेलले वताएका छन् ।प्रति केजी ७५ देखी १ सयसम्म जहाजमा मदिरा ढुवानी गरेर बाजुराको कोल्टिमा जहाजमा ल्याउने गरेका छन् ।
नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चाटर गरेर मदिरा आउने गरेको छ । बाजुराको चार वटा स्थानिय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानिय बजारमा जाने गरेको वताएका छन् ।कोल्टि बजारमा मदिरा पसल गरिरहेका मंगल थापाले भने जहाजबाटनै मदिरा ढुवानी गर्ने गरेको वताएका छन् ।
यो क्षेत्रमा खाद्य संकट भएको लामो समय भइसकेको छ । यहाँका स्थानिय बजारमा खाद्यन्न अभाब रहेको छ । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले वताएका छन् । पटक पटक नियन्त्रणका लागि भने पनि नेपालगञ्ज सुर्खेतबाट मदिरा पठाउने गरेको उनले वताए । आफुहरुले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिलेसम्म नरोकिएको वताएका छन् ।
नागरिक उडयन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टि बिमान स्थलमा भएका छन् । ६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ ।
बाजुराका प्रमुख जिल्लाअधिकारी कृष्ण गैह्रेले भने यसरी मदिरा नआउनु पर्ने वताएका छन् । बाँके र सुर्खेतको प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने वताएका छन् । निजि एरलाइन्सले मनोमानी फलाइट गर्ने भएकाले यो समस्या भएको वताएका छन् । यो क्षेत्रको कोल्टि खाद्य संस्थान र कवाडी डिपोमा चामल सकिएको दुई महिना भइसक्दासम्म पनि चामलआउन सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार