शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • लकडाउनको अबज्ञा गर्दै भलिवल र ब्याडब्याडम्यान्टीन, भोलीदेखी पुणर्रुपमा बन्द गर्ने प्रजिअ गैह्रे

लकडाउनको अबज्ञा गर्दै भलिवल र ब्याडब्याडम्यान्टीन, भोलीदेखी पुणर्रुपमा बन्द गर्ने प्रजिअ गैह्रे

  • बिहिबार, भदौ ११, २०७७
लकडाउनको अबज्ञा गर्दै भलिवल र ब्याडब्याडम्यान्टीन, भोलीदेखी पुणर्रुपमा बन्द गर्ने  प्रजिअ गैह्रे

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा लकडाउनको अबज्ञा गर्दै बिभिन्न खेल संचालन हुँदै आएका छन । जिल्लाको सदरमुकाममा रहेको कबर्डहल, जिल्ला अस्पताल लगायतका ठाउँमा हरेक दिन प्रशासन गरेको सुचनालाई प्रबाह नगरी भलिवल र ब्याडम्यान्टन खेल्ने गरेको पाइएको छ ।
खेलकुदमा रहेको कबर्ड हलमा हरेक दिन १ सय भन्दा बढिको सख्यामा जम्मा हुने र भलिबल र ब्याडम्यान्टीन खेल गर्दछन भने सरकारी नियमन निकाय जिल्ला अस्पताल बाजुरामा पनी ब्याडम्यान्टीन खेल्न बिहान र बेलुका उत्तीकै भिड देखीन्छ ।
याता जिल्ला प्रशासन कार्यालयबाट सुचना प्रबाह गरेको भए पनी सरकारी कार्यालयका खेल मैदानबाटै प्रशासन गरेको सुचनाको अबज्ञा गरेको स्थानीयको गुनासो रहेको छ । हामीले एक्लै हिड्दा प्रहरीले रोकेर कार्बाही गर्छन तर खेलमैदानमा १ सय जना भन्दा बढिको भिड हुन्छ कोही बोल्दैनन् एक स्थानीयले बताए ।
यता जिल्ला प्रशासनले भने भोली देखी सबै खेलहरु बन्द गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन। यसरी सबै मान्छे एकै ठाउँमा जम्मा हुदा बिभिन्न रोगको संक्रमण फैलीने हुदा खेलहरु बन्द गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार