शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा लकडाउन अबज्ञा गर्ने ब्यापारी कार्बाहीमा

बाजुरामा लकडाउन अबज्ञा गर्ने ब्यापारी कार्बाहीमा

  • शुक्रबार, भदौ १२, २०७७
बाजुरामा लकडाउन अबज्ञा गर्ने ब्यापारी कार्बाहीमा

बाजुरा — बाजुरा जिल्लामा २ दिन यता लकडाउनमा कडाई गरिएको छ । लकडाउन नियम पालना नगर्ने माक्स नलगाउने बजारमा भिड गर्ने हरुलाई कार्बाही गर्ने गरेको छ । सुक्रबार बिहान मात्रै लकडाउनको अबज्ञा गर्ने केही ब्यापारीहरुलाई समातेर जिप्रकामा पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले बताएका छन । उनका अनुसार ५ जना ब्यापारीहरूलाइ कार्बाही गरिएकाे बताइएकाे छ ।
जिल्लामा केही समय लकडाउन खुकुलो बनाउदा सामाजीक दुरी कायम नगर्ने स्वास्थ्य सरसफाईमा ध्यान नदिन भिडभाड गर्ने देखीएपछी लकडाउन गरिएको हो । कोरोना भाइरसको संक्रमण दिनानुदिन फैलिदै गएको अबस्थामा ख्याल नगर्दा ठुलो दुर्घटना हुन सक्ने भन्दै लकडाउन गरिएको प्रहरी निरीक्षक ठगुन्नाले बताए ।
बजारमा काम बिषेश जादा एक्लै जानुपर्ने माक्सको प्रयोग अनिबार्य गर्नुपर्ने जिल्ला प्रशासन दिएको निर्देशनमा मात्र बजार खोल्न पाउने नियम बनाएको छ । यदि नियमको पालना नगर्ने जो सुकैलाई पनी कार्बाही गरिने प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार