शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका प्रहरी प्रमुख भट्टराई सरुवा -मदनजित महरा बाजुरा आउदै

बाजुराका प्रहरी प्रमुख भट्टराई सरुवा -मदनजित महरा बाजुरा आउदै

  • सोमवार, भदौ १५, २०७७
बाजुराका प्रहरी प्रमुख भट्टराई सरुवा -मदनजित महरा बाजुरा आउदै
फाईल तस्वीर

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी नयव उपरिक्षक टंकप्रसाद भट्टराईको सरुवा भएको छ । बाजुरामा कार्यरत डिएसपी भट्टराईको राष्टिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौंमा भएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा कार्यरत मदनजित महरा आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले देशभरमा ७२ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रधान कार्यालयले आज सार्वजनिक गरेकोसूचि अनुसार सुदूरपश्चिमका ६ जना डिएसपीको सरुवा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको सरुवा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा अभियोजनमा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत रुपक खड्का आउने छन्।

यस्तै सुदूरपश्चिम प्रदेश सशत्र प्रहरी गण मुख्यालय धनगढी, कैलालीमा कार्यरत डिएसपी ज्ञानबहादुर विष्ट सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा भएको छ । उनी इलाका प्रहरी कार्यालय मालाखेतीमा काजमा थिए । विष्टको ठाउँमा तालिम केन्द्र दिपायलमा कार्यरत सागर बोहरा आउने छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दधिराम न्यौपाने राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा भएको छ । उनको स्थानमा बाग्मती प्रदेश सशत्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा कार्यरत महेन्द्र नेपाल आउने भएका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दिपक भारती महानगरीय प्रहरी परिसर, ललितपुरमा सरुवा भएको छ । उनको ठाउँमा राष्ट्रिय प्रहरी परिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत योगेन्द्र सिंह थापा आउने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार