बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

  • शनिबार, भदौ १३, २०७७
नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३७,३४० पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।

शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार