कहिलेपनि फुटेर फाईदा हुँदैन भन्ने कुरा जग जाहेरछ। यो फुट भन्ने शब्दको अर्को अर्थहो आफु कम्जोर हुँनु।तर कयौँ बेला जस्तै सरिरमा भयंकर रोग लागि हाल्यो भने बाँकि सरिरलाई जोगाउँन उक्त रोग लागेको (अन्श)भागलाई काटेर फाल्नु पनि सरिरको हितमा हुँन्छ।यो मार्क्सवादी पद्दतीहो एउटा आलुले टोकरीमा रहेका बाँकी आलुलाई कुहिनु बाट जोगाउँन त्यो कुनै लागेको आलु लाई त्यो टोकरी बाट अल्गाई दिन्छन जस्ले गर्दा अरु आलु कुहिन बाट जोगिन्छन।जस्लाई भने फुटको शंज्ञा दिनु मिल्दैन।
समाज,परिवार,र राजनीतिक पार्टीमा पनि त्यो शिधान्त लागु हुँन्छ।तर फुटले कसैलाई कुनैपनि अबस्थामा फाईदा हुँदैन।एकताले त्यो काम गर्न सक्छौ जो आजको यो पुँजि पर्धान समाजमा पनि पैसाले गर्न सक्दैन।
एकता पारिवारको लागि,समाजको लागि, राजनीतिक पार्टिका लागि र देशका लागि अपरिहार्या हुन्छ।परिवारमा एकता छैन भने त्यो जति सुकै बलियो घर भयपनि त्यँहाको कुराहरु बजार पुगेका हुँन्छन र त्यो घर घर जस्तो नभयर एउटा नर्क जस्तो बन्न पुग्छ।घरको अर्थ हुँन्छ परिवारीक एकता।परिवारीक एकता त्यँहाको अनुसाशन बाट बलियो हुन सक्छ।त्यँहा पनि जनवादी केन्द्रियता लागु हुँन्छ।आफ्नो ठाउँमा चित्त नबुझेका कुराहरु राख्ने अधिकार सबैलाई हुन्छ र घर देखि भाईर गयो भने उनिहरुको बिचार एउटै हुन्छ भने त्यँहा कुनै पनि दुष्टको नजर लाग्न सक्दैन।आमा बाको अधिनमा छोरा छोरी हुनुपर्छ र छोरा छोरीको बिचारलाई आमा बाले सुन्नु पर्छ।छोरा छोरीको बिचारलाई जनवाद र आमा बाको निर्देशन लाई केन्द्रियता सम्झेर ब्यबहार गय्रौ भने घर बलियो हुन्छ,
त्यसैले गर्दा एकता अनिवार्या सर्त हो।
समाज पनि ब्याक्ति बाट बन्छ ब्याक्तिका बिचार फरक-फरक हुँन सक्छन तर समग्रमा एउटा मुर्दालाई घाटमा लिएर जानुपर्छ भन्नेमा सबै सहमत हुन्छन।हाम्रो समाज बिभिद धर्म साँस्कृतीक र बहु जाति बहु भाषाले भरिएको हुँदा बिभिन्न ब्याक्ति समुहको दाँ सँस्कारको रोजाई पनि अलग अलग हुनसक्छ।मुर्दालाई दोहन गर्ने पद्दतिपनि फरक फरक हुन्छ।कसैले दफन गर्ने कसैले जलाउँने हुन्छ।मलामेहरुले उनिहरुको सहयोगी भुमिका मात्रै निर्भा गरिन्छ।
खाने पानिको लागि स्कुलको लागि र चौपालको लागि बाटोको लागि भने सार्वजनिक बिचार हुन्छन।सबैले सहयोग गर्छन।त्यो सबै समाजिक ब्यबहारपनि एकले आर्काको मर्म बुझेर अनुसाशनमा रहेर गर्दा कार्या न्वयन हुनसक्छ।
एदि कुनै मुश्लिम समुदाएलाई लाश जलाउँन पर्छ भन्ने वा कुनै अरु जातिकालाई लाश दफ्नाउँनु पर्छ भन्दा बित्तिकै समाजमा बिबाद उत्तपन्न भएर दुई फाड हुँन्छ।यसलाई भन्निन्छ सामाजिक मर्म बुझेर एक आर्काको सम्मान गर्दै एकता बनाई राख्नु।धर्म निरपेक्षताले यहि बिभिद जाति धर्मको प्रतिनिधित्व गरेको हुन्छ।सबै जातिलाई धर्मलाई भाषालाई सम्मान गर्नको लागिनै धर्मनिरपक्षेता को सिध्दान्त बनाईएकै हो।
यस्तै प्रकारले समाजको र देशको प्रतिनिधित्व गर्न बनाईएका पार्टिहरुले आफ्नो मरियादामा रहेर कार्या गर्नु पर्ने हुँन्छ।
एउटा देशमा सयौँ पार्टी छन ति सयौँ पार्टिहरुको आ-आफ्नै प्रकारका घोषणा पत्रहरु छन,उनिहरुको उदेश्य पनि थुप्रै फरक होला तर पनि देशको लागि उनिहरुको बिच एकमना एकता हुनुपर्छ।यदि देशको लागि उनिहरुको हेराई फरक भयो भने राष्ट्रियतामा खलल् हुन्छ।जस्तो कि बिगतमा कयौँ पल्ट कथित मधेशी समुदायबाट हुँदै आएकोछ।
एउटा घरको परिवारको आफ्नो घर जोगाउँन लाई चाहिने एकता,जस्तै देश लाई जोगाउँने एकता पनि चाहिन्छ।त्यो एउटा परिवार बन्न सक्नु पर्छ।बिभिन्न जात धर्मका मान्छेहरु मिलेर बनेको देशलाई ति सबै मिलेर जोगाउँनु पर्ने हुँन्छ।हिमाल पहाड तराई कोई छैनौ पराई यो नाराले सबैको प्रतिनिधित्व गर्दछ।
बिगतको संसदमा हाम्रो देशमा राष्ट्रको सवालमा एकमना एकता भयको थियो।कालापानीको मुद्धालाई लिएर सबै पार्टीको संसदमा एकमना एकता थियो।अनि निशान छाप काला पानी लिपुलेख र लिम्पियाधुरालाई नेपाली नक्सामा समायोजित गरेर नयाँ नक्सा जारि गरियो।जो२०७६कार्तिक १८मा भारतले नेपालको भुभाग लाई समेटेर नक्सा बनाएपछि नेपालमा त्यसको ब्यापक बिरोध भयको थियो।त्यसैको परिणाम सरकारको हिम्मत पलाएको थियो र ओलि सरकारले देशको नक्सामा त्यो भुभागलाई जोड्यो।
तर पछि आफ्नो सत्ता अशुरक्षित हुँने डरले त्यो आफ्नै ब्यबहारलाई संसोधन गरेर बिस्तारै भारत परस्त बनाए।यस्तो अडान राख्ने देशका ओलि रातारात त्यो नक्सा पाठ्या पुस्तिकामा नराख्ने निर्णय मात्र गरेनन् ति सबै देशभक्ति धारणालाई छाडेर उनि ठिक छिमेकीको काखमा पुगे।जस्तो टनक पुरको बिषयलाई लिएर जति उनिहरुले गिरजाको बिरोध गरेका थिए त्यहि पारित गराउँन उनिहरुले आफ्नै कार्याक्रतालाई समेत घेराबन्दि गर्न पुगेका थिए।ओली बिस्वाशिला ब्याक्ति भनेर ढुक्क लाग्नु हुँदैन भन्नेकुरा उनैका ब्यबहारले बताउँछन।
जब हाम्रो घरको भेद छिमेकीले थाहा पाउँछ त्यो बेला जाँती र जे कम्जोरी देख्छ त्याँही छोप्छ।अहिले पनि ठिक त्यहि भयो।ओलिको कम्जोरी लाई छिमेकीले फेला पारेकैछ।उन्ले अब जति सुकै राष्टवादको कसम खाएपनि उन्ले गर्ने काम छिमेकीले मनपराउँने कामनै हुनेछ।त्यो देशको लागि ठुलो हानिकार प्रमाणित हुनेछ।
साम्राज्यावादले हाम्रो देशलाई रणभूमी बनाउँन खोजि रहेको कुरा कसैबाट लुकेको छैन।एम सीसी लाई पारित गराउँन ओलिले जेपनी गर्न पछि पर्ने छैनन्।अहिलेको संसद बिघटन मात्र दुईटा बिषयको उपज हो।एउटा एम सीसी आर्को काला पानी यहि बिषयलाई लिएर छिमेकीको चञ्गुलमा परेका नेताहरु,केपि ओली,पुष्पकमल दहाल,बाबुराम आदि को यो खिचलो ले गर्दा देशलाई भढ्खारामा हालेकाछन।तरपनि ईनिहरुले एकले आर्काको बिरोध राष्ट्रीय हितका लागि होईन बिदेशीको दलालि गर्नको लागि लछार पछार गर्दैछन।
यो अबस्थामा तमाम देशभक्तको बलियो एकता हुँनु पर्दछ।हामिले जिवन भरि सिकेको कुरा यहिहो एकता बिना बाँच्न गारोछ।एकता भयो भने जस्तै असम्भव कार्यापनि सफलता पुर्वक कार्यान्वयन हुँनेगर्छन।
एउटाले आर्काको अनाबस्याक खोईरो खन्दा कस्लाई फाईदा पुग्ला?अहिले यँहा क्रन्तिकारीगफ लगाएर आफुलाई अब्बल दर्जाको ब्याक्ति वा पार्टी देखाउन खोज्नु भन्दाअहिले राष्ट्रीयताको हितमा सबैले बलियो एकता गरेर जाँदा ठिक हुँनेछ।अहिले भारतको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले भारतिय प्रधान मन्त्रिलाई भेट्न समेत पाएनन।यो भारतिय ब्यबहारले नेपालीको अपमान भयकै मान्नु पर्छ।परराष्ट्र मन्त्रि जुनसुकै उदेश्यले गएको भयपनि उनि नेपालको आधिकारीक भ्रमणमा गएका एकजना नेपाल सरकारका प्रतिनिधि थिए।उन्ले भारतिय प्रधान मन्त्रिलाई भेट्न नपाउँनु लज्जसपद बिषयहो।यो हाम्रो देशका नेताहरुको दब्बु नीति,आफ्नो देशको सम्पष्ट बिचार राख्न नसक्ने र दलालिमा बिष्वास गर्ने ब्यबहारको परिणाम अहिलेको यो रिजल्ट हो।भारत बाट नेपाल जुनसुकै आएपनि यँहाका नेता मरिहत्य गर्दै रात नभनि दिन नभनी भेट्न जान्छन।भर्खरै ‘रअ’ प्रमुख र भारतिय सेना प्रमुख आउँदा तछाड मछाड गर्दै भेट भय अहिले परराष्ट्र मन्त्रिले भारतिय प्रधान मन्त्रि समेतलाई भेट्न नपाउँनुमा पुरै देशको बद्नाम भयकोछ।
यो हाम्रो अनएकताको परिणाम हो यदि देश एक ढिक्का हुन्छ र देशको बिषयलाई लिएर निर्धक्क भन्न सक्छ।वा अन्तरराष्ट्र सम्म आफ्नो बिचारलिएर जान सक्छ भने कसैले झुकाउँन सक्दैन।हाम्रो एकताले नै देशको भबिष्य निर्धारित गर्नेछ।तसर्थ नेताहरुलाई अनुरोध यहि देशका जनताको बिष्वाश गर र देशलाई अखण्ड बनाउँ आफ्नो बानि ब्यहोरा लाई सुधार बिदेशीको आसमा देशलाई धरौटीमा नराख।