शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाज
  • सम्झना हत्या प्रकरण : आइसोलेसनबाट फरार बोहरा पुन: पक्राउ, तीन प्रहरी निलम्बित

सम्झना हत्या प्रकरण : आइसोलेसनबाट फरार बोहरा पुन: पक्राउ, तीन प्रहरी निलम्बित

  • शुक्रबार, मंसिर १९, २०७७
सेयर गर्नुहोस् :
सम्झना हत्या प्रकरण : आइसोलेसनबाट फरार बोहरा पुन: पक्राउ, तीन प्रहरी निलम्बित

बझाङकी १२ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा पुनः पक्राउ परेका छन् । कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालकाे आइसोलेसनमा रहेका गएराति १२ बजे भागेका थिए । फरारपछि खोजी तीव्र पारिएको उनलाई आज बिहान ७ बजे पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।

‘अस्पतालको आइसोलेसनबाट बोहरा भागेका हुन् । तर, फेरि हामीले पक्राउ गरि सकेका छौँ,’ डीआईजी सुवेदीले भने, ‘किशोर भएका कारण उनलाई कारागार राख्न मिल्दैन । उनको स्वभाव अस्वभाविक छ । उनको मानसिक अवस्थासमेत बिग्रेको जस्तो लाग्छ ।’

त्यस्तै, आइसोलेसनमा उनको निगरानीका लागि खटिएका तीन जना प्रहरीलाई पनि निलम्बन गरिएको डीआईजी सुवदीले  जानकारी दिए ।

१६ वर्ष भएका कारण बोहरालाई जिल्ला कारागारमा बझाङबाट बाल सुधार गृह डोटी राखिएको थियो । कोराना पुष्टि भएपछि बालसुधार गृहकै अस्पतालको आइसोलेनमा राखेको बेला उनी गएराति अस्पताालबाटै भागेका थिए । राजेन्द्रले बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेका थिए । शिलापत्र डटकममा  कृष्णसिंह लाेथ्यालले याे समाचार लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार