सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • अब नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद

अब नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद

  • शुक्रबार, अशोज २, २०७७
अब नेकपा सचिवालयका सबै सदस्य संघीय सांसद

काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै (नौ जना) सदस्य संघीय संसद सदस्य भएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा बिहीबार राष्ट्रपतिले मनोनय गरेसँगै नेकपा सचिवालयका सबै ९ जना सदस्य संघीय संसद बनेका हुन् ।

नेकपाको हेडक्वार्टर मानिने ९ सदस्यीय सचिवालयका सदस्यमध्ये ३ जना राष्ट्रिय सभा र ६ जना प्रतिनिधि सभा सदस्य हुन् । उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल प्रतिनिधि सभाका सदस्य हुन् ।

त्यस्तै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नेता ईश्वर पोखरेल पनि प्रतिनिधि सभामा निर्वाचित भएर आएका सदस्य हुन् ।

चर्चामा

सम्बन्धित समाचार