• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा केहि दिन रोकिएको आरडिटी परिक्षण भोलिबाट सुरु गरिने

बुढिगंगा नगरपालिकामा केहि दिन रोकिएको आरडिटी परिक्षण भोलिबाट सुरु गरिने

  • मङ्लबार, असार २, २०७७
बुढिगंगा नगरपालिकामा केहि दिन रोकिएको आरडिटी परिक्षण भोलिबाट सुरु गरिने

 चक्रबहादुर अएडी — बाजुरा बुढिगंगा नगरपालिकाका क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको केहिदिन रोकिएको परिक्षण भोलिबाट सुरु हुने जनाएको छ । नगरपालिकाले ४ सय पिस भिटिएम र ६ सय पिस आरडिटि किट आज नगरपालिकामा पुगेको नगरपालिकाले जनाएको छ । केहि दिन रोकिएको परिक्षण भोलिबाट सुरु गरिने जानकारि प्रप्त भएको छ ।

हाल सम्म बुढीगंगा नगरपालिका मा ३२ ओटा क्वारेन्टाईनमा रहेका जम्मा १६ सय ८२ जनाको आर डिटि परिक्षण गर्दा ३१८ जनामा पोजेटिभ देखिएको बुुढिगंगा नगरपालिका को स्वास्थ्य शाखाले जानकारि दिएको छ । स्वास्थ्य शाखाका अनुसार आरडिटि परिक्षण गर्दा पोजेटि देखिएका व्यक्तिहरुलाई सम्वन्धित क्वारेन्टाईनको आईसुलेसनमा सुरक्षित तरिकाले राखिएको र तिनिहरुलाई दैनिक स्वास्थ्य परिक्षण गर्दै आएको जनाएको छ ।

बुढिगंगा नगरपालिकामा अहिले सम्म भारत बाट १६ सय ८२ जना आएको र त्यस मध्ये ३१८ जनाको आरडिटि पोजेटिभ देखिएको छ भने १७ जनाको पिसिआर रिपोट पोजेटिभ आएको थियो । एक जना बालकको कोरोनाका कारण मृत्यु भएको बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहाले जानकारि दिनु भएको छ ।

बुढिगंगा नगरपालिकामा भारत बाट आएका हरुलाई क्वारेन्टाईनमा राख्ने गरिएको र जिल्ला भन्दा बाहिर बाट आएका लाई होम क्वारेन्टाईनमा राख्ने गरिएको छ । होम क्वारेन्टाईनमा राखिएका व्यक्तिहरुलाई दैनिक रुपमा स्वास्थ्य परिक्षण गर्न सम्भब नभएको यदि कसैमा लक्षण देखिएमात्र आरडि परिक्षण गर्ने गरिएको स्वास्थ्य साखा प्रमुख शाहले बताउनु भयो छ । बाँकि आरडिटि नेगेटिभ आएका व्यक्तिहरुलाई सुरक्षित घरमा बस्ने सल्लाह दिई घरमा पठाई सकेको जानकारि प्रप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार