सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित

बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित

  • आइतवार, जेष्ठ १८, २०७७
बाजुरामा २ बर्षिय वालिकाको कोरोनाका कारण मृत्यु, आमा पनि कोरोना संक्रमित

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिका कोरोना बाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।
मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो ।
बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा  जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बडिमालिका खबरलाइ बताएका छन् ।
८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए । भारत बाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, बच्चा बिरामी भएपछि, बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार