काठमाडौं । सरकारले आगामी तीन वर्षमा सबै नागरीकमा स्वास्थ्य बिमा पुर्याउने भएको छ ।संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य बिमामा आधारभूतबाहेक सबै उपचारलाई समावेश गरिने बताइन् ।