• होमपेज
  • देश
  • बाजुरामा ३ सय ३८ जना क्वारेनटाइनमा, चेकजाँच बिनानै घर पठाइदै

बाजुरामा ३ सय ३८ जना क्वारेनटाइनमा, चेकजाँच बिनानै घर पठाइदै

  • शुक्रबार, बैशाख २६, २०७७
बाजुरामा ३ सय ३८ जना क्वारेनटाइनमा, चेकजाँच बिनानै घर पठाइदै
फाइल तस्बिर

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

बाजुरामा जिल्लाका जिल्लाका ९ वटा स्थानिय तहका ३७ क्वारेनटाइनमा ३ सय ३८ जना बसिरहेका छन् । १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने अनुसार सयम पुगेकालाई बिना चेकजाँचमा घर पठाउने भएका छन् ।
आरडिटि चेक गरेर मात्र घर पठाउने प्राबधान भएपनि किट अभाबमा चेकजाँच बिना घर पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । चेक गर्ने किट छैन्, घरमा ७ दिन होम क्वारेनटाइनमा बस्ने गरि पठाइरहेका छौ, त्यो बेला सम्म किट आएपछि चेक गर्ने स्वास्थ्य कार्यलय बाजुरामा प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । खप्तड छेडेदह गाँउपालिकाको ४ जना स्वामिकार्तिक गाँउपालिकाको ६ जना र जगन्न्नाथ गाँउपालिका १६ जना गरि २६ लाइ आरडिटि चेक नगरि घर पठाइसकेको छ । अब पठाउने पनि त्यसरी पठाउने कार्यलयले जनाएको छ ।
क्वारेनटाइनमा बसेका जिल्ला बाहिर धनगढी, महेन्द्रनगर, काठमाडौ लगायतका शहर र भारतबाट आएका स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । त्रिवेणी नगरपालिकामा ५४ जना, बुढिगंगा नगरपालिकामा ६९ जना, बडिमालिका नगरपालिकामा ९ जना, स्वामिकार्तिक खापर गाँउपालिकामा ७० जना क्वारेनटाइनमा रहेका छन् । त्यस्तैै बुढिनन्दा नगरपालिकामा ३७ जना, जगन्नाथ गाँउपालिकामा २८ जना गौमुल गाँउपालिकामा ६ जना, हिमाली गाँउपालिकामा १५ जना र खप्तड छेडेदह गाँउपालिकामा ५० जना क्वारेनटाइनमा रहेका छन् । जिल्ला प्रबेश गर्न सबैलाई क्वारेनटाइनमा राखेपछि क्वारेनटाइनमा बस्नेको संख्या बढेको स्थानिय तहले वताएका छन् । क्वारेनटाइनमा बस्नेको नियमित चेकजाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीको ब्यबस्थापन नगरेको पाईएको छ ।
क्वारेनटाइनमा बस्ने संख्या बढेको भएपनि क्वारेनटाइनको ब्यबस्थापन भने निकै फितलो रहेको छ । बस्ने ब्यबस्थापन देखी खाद्यन्न समेत राम्रो नभएको समचार आइरहेका छन् । ३७ क्वारेनटाइन मध्ये अधिकांशमा सामान्य ब्यबस्थापन पनि नभएको पाईएको छ । अर्को क्वारेनटाइनको कुनै पक्ष बाट पनि अनुगमन नभएको पाईएको छ । सम्बन्धित स्थानिय तह, जिल्ला समन्वय समिति जिल्ला प्रशासन लगायत निकायहरुले अनुगमन गर्नुपर्ने भएपनि कसैले अनुगमन नगरेको क्वारेनटाइनमा बसिरहेकाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार