काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीको आन्तरिक विवादबारे छलफल भएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विवादबारे छलफल भएको हो। तर नेकपाको बैठक बिना निष्कर्ष टुंगिएको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व र स्थायी कमिटीबारेमा छलफल भएको छ। उनका अनुसार अब नेकपाको २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ