• होमपेज
  • देश
  • पछिल्लो २४ घण्टामा ३७९१ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन

पछिल्लो २४ घण्टामा ३७९१ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन

  • शुक्रबार, बैशाख १२, २०७७
पछिल्लो २४ घण्टामा ३७९१ जनाको कोरोनो परीक्षण, आज नयाँ संक्रमित भेटिएन

काठमाडौं – कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

नेपालमा हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ४ सय ७ जनाको पिसिआर र ३८ हजार ८९ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार बागलुङमा १, धनगढीमा १, विरगञ्जमा ५, भरतपुरमा २ र विराटनगरमा २८ जना संक्रमित उपचाररत छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

सबै जिल्लामा आरडिटि प्रविधिबाट परीक्षण सुरु गरेको मन्त्रालयले प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बागमतिमा ७ हजार १ सय ४३, गण्डकीमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७०, कर्णालीमा ४ हजार ८ सय ७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमूना परीक्षण गरेको छ।

सबैभन्दा धेरै संक्रमित भेटिएको उदयपुरको चौदण्डी र त्रियुगाा नगरपालिकाको विभिन्न स्थानबाट कोरोेना परीक्षणका लागि स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ। प्रदेश २ अन्तर्गतको सबै जिल्लाका २७ स्थानबाट १५ सय बढी नमूना संकलनका लागि टोली खटाइएको देवकोटाले बताए।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा छन् भने १२ हजार ९ सय ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।  ;साभार

चर्चामा

सम्बन्धित समाचार