बिहिबार, मंसिर २०, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-सोच्ने बेला आएको छ

कविता-सोच्ने बेला आएको छ

  • सोमवार, चैत्र ३, २०७६
कविता-सोच्ने बेला आएको छ

चित्र-विचित्रका मुन्छेहरुको
जन्म हुँदोरहेछ संसारमा
सादु, सन्त, गुरु, प्रात्मा, महात्मा
विद्वान, ज्ञानी, असल, खराब
ढटुवा, जालीफटाह, घमण्डी
अग्ला-होचा, मोटा-पातला
काला-गोरा, कस्ता-कस्ता..
जसको जञ्जालमा
म फसिहाल्छु सहजै
उसको कुरै त्यस्तै हुन्छ
दही च्युरे भनम कि लालित्य
लठ्ठै पार्ने र झुक्याइ हाल्ने ।

उल्लेखित मध्येको
हुन सक्छु एक
तर,
फरक ब्यक्तिको नजरमा फरक
छाला राम्रो भएर नहुने
मन यदि हदैको हाँडी भन्दा
महा हाँडी छ भने छालाले के गर्ने ?
छाला कालो भएपनि मन गोरो छ भने
आहा मा आहा भैत गो’नि !
अनि,
काला गोरासबैको दिल सफा भए
साना ठुलासबैको दिल सुन्दर भए
धनि गरिबको दिल चोखो भए
पापी र धर्मीको दिल पवित्र भए
समस्याका हजारौं खिल
उखेलेर फाल्न सकिन्छ सहजै
हातमा हात मिलाएर
काँधमा काँध मिलाएर
तर,
लोभी, ढाडसी, रिसे, कुरौटे, कटुवा
जासुसी, चाप्लुसी, महाको स्वार्थी
आदि-आदि बानी र व्यबहारपनि
भिन्ना-भिन्नै कस्तो अचम्म !
खरबौं मान्छेका अरबौँ बानी हुँदा रहेछन्
यस्ता-यस्ता व्यबहारका ढोँगीहारु
दासिहरु, सनातनहरु, ढटुवाहरु
अझैं नपुगेर लुट्दै गर्ने लुटेरा हरु
र,
स्वार्थीहरु अब कहिले छोड्ने त
यस्ता हानिकारक लतहरु
कुलतहरु र अम्मलहरु ?
जसले आफैलाई खोक्रो बनाउँदै छ
कुसंस्कार र कुरितिलाई पोस्दै छ
अब,
सोच्ने बेला आएको छ
सोच, विचार गर,
किमार्थ आफ्नैलागि होइन
आफन्तको लागि सोच
समाजको लागि सोछ
यो राष्ट्रको लागि सोच
अनि,
आफ्नै प्यारो माटोको लागि सोच
सोच्ने बेला आएको छ
सबैले-सबैले
हामी सबैले ।
“अस्तु”
-शाही सुरेन्द्र “गुलाब कान्छो”,बाजुरा

चर्चामा

सम्बन्धित समाचार