• होमपेज
  • समाज
  • छोरा नभएको भन्दै श्रीमानले छोडेकी कमला उपचार अभाबमा छट्पटाउदै

छोरा नभएको भन्दै श्रीमानले छोडेकी कमला उपचार अभाबमा छट्पटाउदै

  • बिहिबार, फाल्गुन १५, २०७६
छोरा नभएको भन्दै श्रीमानले छोडेकी कमला उपचार अभाबमा छट्पटाउदै

छोरा नभएको भन्दै श्रीमानले दोस्रो बिहे गरेर अलपत्र पारेकी कमला बोहरा उपचार अभाबमा छट्पटाइरहेकि छन् । बाजुराको गौमुल गाँउपालिका ३ ढल्काडाकि ३१ बर्षिय कला बोहरा मुटुको उपचार गर्न आर्थिक अभाबमा तड्पीइरहेकि छन् ।
तिन छोरी जन्माएकी कमलाको ३ बर्ष देखी मुटुको बिरामी रहेकी छन् । गएको कार्तिकमा गंगालाल हृदय रोग केन्द्रमा उपचार गर्न काठमाडौ पुगेकी थिईन् । चिकित्सकले अप्रेसन र मुटुको भल्भ बदल्नु पर्ने सुझाब दिएका थिए । चिकित्सकले पैशा लाग्ने भनेपछि उनि सँग पैशा नभएर घर फर्केको कमलाले वताएकि छन् ।
कमला अहिले उपचारका लागि आर्थिक सहयोगका लागि सबै तिर गुहारीरहेकी छन् । उनि अहिले माईतीमा बसिरहेकी छन् । बुढि आमा झुपी धामिको साहारामा बसेकी छन् । श्रीमान बिरेन्द्र बोहोराले दुई बर्ष पहिला छोरा नभएको भन्दै अर्को बिहे गरेका थिए । बहुविवाह मुद्धामा ९ महिना जेल बाट छुटिसकेका छन् । अदालतले जेठी श्रीमति सँग मिलेर बस्नु फैसेला गरेको भएपनि श्रीमान बिरेन्द्र बोहरा बेखबर रहेको गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
कमलाको तिन वटा छोरी रहेका छन् । तिनै जना मावली घरमा बसीरहेकी छन् । उनकि ९ बर्षकी सुजाता बोहरा, ७ बर्षकि सर्मिला र ३ बर्षकी प्रतिक्षा बोहरा रहेकी छन् । घरमा श्रीमानले बस्न दिएन्, माइतीमा पनि कोही नभएको रुदै कमलाले बताईन् । साथै उपचार सहयोगका लागि सबैलाई अपिल समेत गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार