शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • भारत तस्करी हुन लागेका ४९ गोरु नियन्त्रणमा

भारत तस्करी हुन लागेका ४९ गोरु नियन्त्रणमा

  • बुधबार, कार्तिक २०, २०७६
भारत तस्करी हुन लागेका ४९ गोरु नियन्त्रणमा

बिर्तामोड । प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु नियन्त्रणमा लिएको छ । गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ ।
दुईवटा ट्रकमा राखेर ४९ थान गोरु भारत तस्करी हुन लागेको सुचना पाएपछि प्रहरीले कनकाई नगरपालिकाबाट पक्राउ गरेको थियो । बिहान ४ बजे दुबै ट्रक पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रक समेत पक्राउ गरेको छ । सो नाकाको प्रयोग गरेर लामो समयदेखि गोरु तस्करी हुँदै आएको सुचना पाएको प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको थियो । प्रहरीलाई छलेर सुरुङा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो । स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय युवको सुचनाका आधारमा गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय प्रहरीका अनुसार कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेको पाइएको थापाले बताए । खरेलकै नेतृत्वमा लामो समयदेखि तस्करी हुँदै आएको उनको भनाई छ ।
झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राखेर भारततर्फ निकासी हुँदै आएको छ । झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोहि बजारलाई प्रयोग गर्दै आएको बताइएको छ । दैनिक ४/५ ट्रक पशुचौपाय तस्करीको लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार