आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाज
  • रक्सीकाे नशामा मात्तीदै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

रक्सीकाे नशामा मात्तीदै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

  • बिहिबार, अशोज ३०, २०७६
रक्सीकाे नशामा मात्तीदै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

बाजुरा ३० असोज–  रक्सीकाे नशामा मात्तीदै गरेका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ मदिरा सेवन गरेर कोल्टी बजारमा होहल्ला गरिरहेकाे अबस्थामा  बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्री सहित ९ जनालाई पक्राउ गरिएको कोल्टीबाट प्रहरी सहायक निरिक्षक जनकराज ढुंगानाले बताएका छन्।

पक्राउ पर्नेमा वडा अध्यक्ष खत्री सहित जिल्ला समन्वय समिति बाजुराका सदस्य मोहनसिंह कार्की, धर्मराज पाध्याय, तुलसी देवकोटा, मोहनराज गिरी, रामलाल देवकोटा, पुष्प देवकोटा, टेकेन्द्र नेपाली र ओमजंग आउजी रहेका छन् ।

उनीहरु सवैलाई इलाका प्रहरी कार्यालय कोल्टीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बुढीनन्दा नगरपालिकामा मदिरा सेवन गरेवाफतको जरिभाना तिराएर घर फकाईएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार