• होमपेज
  • राजनीति
  • विप्लव पुत्र प्रकाश पक्राउ

विप्लव पुत्र प्रकाश पक्राउ

  • बिहिबार, भदौ २६, २०७६
विप्लव पुत्र प्रकाश पक्राउ

चितवन  सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द चितवनबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रकाशलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको हो ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको छ । अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार