शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले पत्रकार प्रमित विकलाई क्रिया खर्च प्रदान

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले पत्रकार प्रमित विकलाई क्रिया खर्च प्रदान

  • बुधबार, भदौ १८, २०७६
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले पत्रकार प्रमित विकलाई क्रिया खर्च प्रदान

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार विकका बुवा तुला लवारको गत साउन २९ गते  ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नी स्थित आफ्नै घरमा  निधन भएको थियो । पत्रकार विकका बुवाको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ बाजुरा शाखाले शोक व्यक्त गर्दै पत्रकार विकलाई क्रिया खर्च बाफत रु ५ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार