बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समाचार
  • भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी

भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी

  • आइतवार, असार २२, २०७६
सेयर गर्नुहोस् :
भारतीय तरकारीमा ८३ प्रतिशतसम्म विषादी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइट राखिएको पुरानो विवरण

भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि आलोचित छ।

विषादी परीक्षण नगर्न भारतले दिएको दवाबसामु सरकार निरिह भएपछि भान्सामा विषादीको पहुँच अझ बढी हुँने देखिएको छ।

बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइट साढे दुई वर्षदेखि अपडेट छैन। काठमाडौंका विभिन्न ठाउँसहित कालीमाटी बजारमा पनि विषादी परीक्षण सुरु गरिएको थियो।

तर, उक्त बजारले आफूले परीक्षण गरेको विषादीको नमुनाको जानकारी साढे दुई वर्षसम्म गराएको छैन। उसको वेभसाइटमा २०७३ माघ ८ गतेको नमुना परीक्षणपछि कुनै जानकारी उपलब्ध छैन।

सर्वसाधरणलाई फलफूल तथा तरकारीमा भएको विषादी भए नभएको जनकारी गराउनु पर्नेमा समितिले भने लामो समयदेखि सार्वजनिक रुपमा कुनै दिने गरेको छैन।

उक्त मितिमा सार्वजनिक गरिएको ४ दिनको विषादी परीक्षण नमुनाको नतिजा डर लाग्दो छ। भारतबाट आयात भइरहेको फलफूल तथा तरकारीमा कतिसम्म विषादी हुँदोरहेछ भन्ने यसबाट स्पष्ट हुन्छ।

उसको वेभसाइटमा उपलब्ध तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो। साढे दुई वर्षअघिको तथ्यांक यस्तो डर लाग्दो छ भने यसले के स्पष्ट पार्छ भने अहिले पनि भारतीय फलफूल तथा तरकारीमा विषादी उच्च छ।

२०७३ माघ ५ भारतबाट आउने गोलभेडाको एक नमुना परीक्षणको नतिजाअनुसार ८३.१८ प्रतिशत विषादी भेटिएको छ। जब कि कुनै फलफूल तथा तरकारीमा यस्तो मात्रा ४५ प्रतिशतभन्दा धेरै भएमा खान अयोग्य हुन्छ र यसलाई विसर्जन गर्नु पर्ने कालीमाटी बजारकै सूचनामा उल्लेख छ।

उक्त गोलभेडा इस्राद भन्ने व्यवसायीले भारतबाट ल्याएका थिए। उनैले सोही दिन ल्याएको गोलभेडा कै अर्को नमुनामा ७९.२० प्रतिशत विषादीको मात्रा भेटिएको थियो।

त्यस्तै, सोही महिनाको ६ गते नारायण श्रेष्ठ भन्ने व्यवसायीले भारतबाट ल्याएको गोलभेडामा ६५.८१ प्रतिशतसम्म विषादीको मात्रा भेटिएको थियो।

मुलुकभित्रकै काउली, गोेलभेडामा पनि विषादीको मात्रा अत्याधिक भएको देखिन्छ। बारा, चितवन र पर्साबाट आएको तरकारीमा उक्त मात्रा धेरै देखिएको थियो। उक्त साल माघ ७ गते चितवनबाट राम कुमार कँडेलले ल्याएको काउलीमा ७२ प्रतिशत विषादी भेटिएको थियो।

पर्साबाट आएको काउलीमा पनि झन्डै ५३ प्रतिशत विषादी देखिएको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ।

कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी बएमा नष्ट गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार