• होमपेज
  • समाज
  • विप्लव नेतृत्वको नाममा कस्ले गर्दै छ असार २२ गते नेपाल बन्द ? यस्तो छ भित्रि यथार्थता

विप्लव नेतृत्वको नाममा कस्ले गर्दै छ असार २२ गते नेपाल बन्द ? यस्तो छ भित्रि यथार्थता

  • शनिबार, असार २१, २०७६
विप्लव नेतृत्वको नाममा कस्ले गर्दै छ असार २२ गते नेपाल बन्द ? यस्तो छ भित्रि यथार्थता

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते आइतबार आफ्नो पार्टीले नेपाल बन्द आयोजना नगरेको प्रष्ट पारेको छ । आफ्नो पार्टीको नाम जोडेर २२ गतेको नेपाल बन्द आव्हान गरिएकोबारे विभिन्न अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको प्रष्ट पारेका छन् । उनले भनेका छन्,- ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’ उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए । उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न मागसमेत गरेका छन् ।

कसको आयोजनामा हुदैछ नेपाल बन्द ?
२२ गते बन्द आव्हान गर्ने पार्टी भने नेपाल कम्युनिस्ट पार्टी माओवादी हो । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनबिरुद्ध भन्दै नेपाल बन्द आव्हान गरेको छ । सोहि बिषयलाई केहि अनलाइनले विप्लव नेतृत्वको नेपाल बन्द भनेर समाचार बनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले नेपाल बन्दको आह्वान गरेको हो । अहिलेको समय देशमा बढेको महँगी, भ्रष्टाचार र चर्म वेथिती तथा अनाबश्यक रुपमा दोहोर भिडन्तको हल्ला पिटेर फासीवाद सरकारले निर्दोष ब्यक्तिहरुको दिनप्रतिदिन हत्याका घटनाहरु बढाएको भन्दै उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै असार २२ गते नेपाल बन्द घोषणा भएको जानकारी गराएको छ । पश्चिम कमान्ड इन्चार्ज प्रताबको नामबाट जारी बिज्ञप्तिमा संसदीय व्यवस्थाका दलालहरु तथा ओली सरकारले संयुक्त रुपमा मिलि नेपालि जनाताको आँखामा छारो हाल्ने काम भएको र गरीव जनातमाथि युद्धको भारी बोकाउने गम्भीर चलखेल गरिरहेको जनाइएको छ ।

साथै उक्त बिज्ञप्तिमा अगाडी भनिएको छ ‘- सासीवादी सरकारले कानुनलाई आफ्नो मुठीमा लिएर दमनकारी, फासीवाद ,चरित्रहीन व्यबहार गरीरहेको तथा वर्तमान सरकारले नेपाली जनता र देशप्रति कुनै पनि किसिमको उत्तरदायी काम गर्न नसकेको तथा उल्टा सरकारले राष्ट्रका उधोगधन्दा लीलाम गरी सरकारी जग्गा बेचबिखन गर्ने ठुला – ठुला आपराधिक घटना लुकाउने नेपाली जनतालाई छलपकड गरी सरकारले देश र जनाताका हितका लागी अहिलेसम्म कुनै पनि कार्य गर्न नसकेको बिज्ञप्तिमा भनिएको छ ।’ त्यस्तै उक्त पार्टीको बिज्ञप्तिमा जनताको जनपक्षीय अधिकारमा पार्टीको जोड तथा देशमा अहिले बढिरहेको भ्रष्ट्रचार,महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुंडागर्दीको भण्डाफोर गर्ने उद्देश्यका साथ असार २२ गतेका दिन नेपाल बन्दको घोषणा गरेको उक्त पार्टीले स्पष्ट समेत पारेको छ ।

साथै उधोगधन्दा, यातायात, शिक्षण संस्था सबै ठप्प गरी नेपाल बन्दमा सहयोग गरिदिन सबै समक्ष आह्वान गरेको छ । यस्तै उक्त पार्टीले नेपाल बन्द दिन कसैले पनि उल्ङ्घन गरी प्रहरीको सहायताले स्कटिंगमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भैतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ । केहिदिनअघि मात्रै विद्रोही नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आव्हान गरेको थियो । त्यसक्रममा देशभरको जनजीवन ठप्प बनेको थियो । पछिल्लो समय ओली सरकार फासिवादी बन्दै गएको भन्दै निक्कै आलोचना र बिरोध भइरहेको छ । यस्तो छ नेकपा माओवादीको जारी बिज्ञप्ति

संचारकेन्द्र बाट साभार

 

चर्चामा

सम्बन्धित समाचार