लक्ष्मीराज पाध्याय
बाजुरा १७ असार
हिमाली गाउँपालिका ५ बाधुँ की कला तिमिल्सिना हिजोआज बिहानको खाना खाएर केटाकेटी स्कुल पठाएपछि नजिकैको गाउँ रहेको पानी घट्टमा पुग्नुहुन्छ । बिहान १० देखि बेलुकी ४ बजेसम्म केतुके(हात्तीबार) को रेशा निकाल्ने मिलमा केतुकेको रेशा निकाल्नुहुन्छ । यो उहाँको पछिल्लो समय दैनिकी बनेको छ । कला मात्र नभई त्यहाका ११ जना महिला र ३ जना पुरुषको पनी त्यो मिलमा काम गर्ने दैनिकी बनेको छ ।
‘सीप सिकेर केही गरौं । व्यावसायिक बनौं भनेर नै तालिममा बसेकी हुँ कला तिमिल्सीनाले बताईन । सोही गाउँकी धनसरी तिमिल्सिनाको आयस्रोत नभएपछि के गर्ने, कसो गर्ने भएका बेला गाउँमै केतुकेको कपडा बुन्ने तालिम हुने भएपछि उनी पनि सीप सिक्न व्यस्त ब्यस्त छन् । खडेरीका कारण गाउँमा खेती लगाए पनी बिउ नै उम्रीन थालेपछी स्थानीयहरु बैकल्पीक उपाए खाडीमुलुक र भारतमा चौकीदारी रोजीरहेका बेला गाउँमै रोजगारका साथै आम्दानी हुने भएपछी स्थानिय केतुकेबाट रेशा निकालेर कार्पेट लगायत बनाउन थालेका छन् ।
जिल्लाको हिमाली गाउँपालिकामा केतुके मिल संचालनमा आएसंगै महिलालाई रोजगारी सृजना भएको छ । रेशम निकाल्ने मिल संचालनमा आएसंगै गाउँमै रोजगारको सृजना भएको हो । बहुउपयोगी हात्तीबार लोपोन्मुख रहेको तथ्याङक भए पनी बाजुराका बिभिन्न ठाउँमा उपयोगमा नआएको केतुके पछिल्लो समयमा उपयोगमा आउने भएको छ । जिल्लाको हिमाली गाउँपालिकामा यसलाई उपयोगमा ल्याउने कार्य भइरहेको छ । विभिन्न रोगको औषधी र पहाडी क्षेत्रमा भूक्षयका लागि अति उपयोगी मानिने झाडीदार वनस्पति केतुके (हात्तीबार) संरक्षण तथा उपयोगमा ल्याउने पहिलो प्रयास भएको जिल्ला घरेलु तथा साना उद्योग बिकास समतिको कार्यालय बाजुराका कर्मचारी पदम ऐरले बताए ।
खोला किनारको कमजोर र भिरालो जमिनमा रोपेपछि बारी र खरबारीहरूमा पर्खालको कामसमेत हुने हात्तीबार पछिल्लो समय हिमाली गाउँपालिकाका स्थानीयले यसको रेशा निकालेर बिभिन्न प्रकारका कपडा कार्पेट लगायतका साम्रगी बनाउदै आएका छन् । यसको महत्त्वका बारेमा जानकारी कम भएकोले यस अघिका दिनमा काटेर खेर पाल्ने केतुकेको महत्व बुझेपछी स्थानीयले केतुकेको रेशा निकाल्ने मिल समेत संचालनमा ल्याएको स्थानिय धनसरी तिमिल्सीनाले बताइन् । यो उद्योग संचालनमा आए संगै यहाँका ११ जना महिलाले रोजगार पाउनुका साथै सिप सिक्ने अवसर प्राप्त भएको उनले बताइन् ।
जिल्ला घुेलु तथा साना उद्योग बिकास समितिको कार्यालयको सहयोगमा संचालनमा रेशम निकाल्ने मिल आएपछी सिप सिक्नुका साथै आयआर्जन गर्न रोजागरी सिर्जना हुने भएकोले यहाँका युवाहरु यसतर्फ लागेको स्थानिय हरिचन्द्र पाध्यायले बताए । यस वनस्पतिको स्थानीय नाम केतुकी (हात्तीबार) भनेर चिनिने बनस्पतीको हिमाली गाउँपालिकाका स्थानियले काठमाण्डौ सम्म यसका साम्रगी उत्पादन गरि पठाउने स्थानिय कला तिमिल्सेनाले बताउनुभयो । यसको रेशमबाट बिभिन्न कपडा, कार्पेट लगायत बस्तुहरु बनाउन सकिने तालिम प्रशिक्षक नारत शर्माले बताउनुभयो । यो बोट रोपेको १५ वर्षसम्म रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ ।
यहाँ उत्पादित राडीपाखी स्थानीय बजार र सदरमुकामका साथै धनगडी, नेपालगन्ज, काठमाडौं र विदेशमा समेत ठूलो मात्रामा निर्यात गर्ने उदेस्यले सो योजना बनाएको जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति बाजुराका प्रमुख नरबहादुर खड्काले बताए । स्थानीय कच्चापदार्थ प्रयोग गरेर कम लगानीमा राम्रो कमाइ हुने भएपछि यो व्यवसायतर्फ आकर्षण बस्तुहरु निर्माण गर्न सकिने र जंगलमा खेर जाने केतुकेबाट राम्रो आम्दानी गर्न सकिने उनले बताए । घरेलु रूपमा बुनेका राडीपाखी बलियो मात्र नभई भरपर्दो र गुणस्तरीयसमेत हुने प्रमुख खड्काको भनाइ रहेको छ । महिलाहरुका लागीे यो व्यवसाय अपनाएको घरेलु तथा साना उद्योग विकास समिति बाजुराका प्रमुख खड्काले बताए । कार्यालयका अनुसार समय–समयमा समितिले राडीपाखी बुनाइसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ भने विभिन्न निकायको सहयोगमा स्थानीय गैरसरकारी संस्थाहरूले समेत तालिम दिँदै व्यवसायमा थप सहयोग र व्यवसायीकरणमा टेवा पु¥याइरहेका छन् । बाधुमा संचालन गरिएको तालिम जिल्ला घरेलु तथा साना उद्योग बिकास समिति मेड्पा परियोजनाको सहयोग तथा रुड्सेक नेपालको प्राबिधिक सहायोगमा संचालन गरिएको छ ।