धान दिवस मनाइँदै

  • आइतवार, असार १५, २०७६
धान दिवस मनाइँदै

बडिमालका समाचार

बाजुरा १५ असार । आज, असार १५ गते  बाजुरा लगाएत सुदूरपश्चिममा पनि धान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा रहेको असारको मध्य अर्थात १५ गतेलाई धान दिवसको रुपमा मनाउने चलन छ। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। धान दिवसकै अवसरमा सरकारी स्तरबाट समेत विभिन्न कार्यक्रमको आयोजना गरिएन्छ।

यो बर्ष निर्धारित समयमा मौसम सक्रिय नहुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ। समयमा मनसुन सक्रिय नभएकाले बल्ल आएर रोपाइँ सुरु हुन थालेका छन् । नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ।

बाजुराका कतिपय किसानले रोपाइँ सुरु गरेका छन् । मनसुन सक्रिय भएपछि किसानले रोपाइँको काम धमाधम थालेका हुन ।
जिल्लास्थित प्रायः ठाउँमा किसानले धान रोपाइँ गरिरहेका छन् । खेतमा रोपाइँको रौनक बढेको छ । भने कुनै ठाउका किसान आकासे पानिकाे भरमा राेपाईकाे लागी कुरी बसेकाे बुढिग‌गा नगरपालिका १०  सेलापाखाका किसान लालबहादुर शाहीले बताए । याे वर्ष  पानी  पानि परेकाे छैन कहिले पानि पर्छ र राेपाई गराैला भनेर बसेकाे शाहीले बताए । 

असारलाई किसानले ‘मानो खाएर, मुरी उब्जाउने’ समय मान्छन् । यो बेला उनीहरु घामपानी सहेर अन्नको जोहोका लागि खेतमा पसिना बगाउने गर्दछन् । तर, मनसुन सक्रिय भए पनि पर्याप्त मात्रामा अझै पानी नपरेको किसानले जनाएका छन् । ‘खेतमा पानी भर्ने गरी अझै पानी परेको छैन’, बडिमालिका नगरपालिका ९ अर्का कृषक सुरज बडुवालले भने–‘तर,  सिचाइँ बनेकाे सजिलो भएको छ ।’सिचाईकाे सुविधा भएकाेले रोपाइँको काम  उल्लेखु भएकाे बताए । 

चर्चामा

सम्बन्धित समाचार