• होमपेज
  • राजनीति
  • मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली-दाहाल गृहकार्यमा

मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली-दाहाल गृहकार्यमा

  • बिहिबार, असार १२, २०७६
मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली-दाहाल गृहकार्यमा

काठमाडौं : सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्।

यसका लागि नेताहरूले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदहरूसँग छलफल गर्न लागेका छन्। प्रधानमन्त्री ओलीले सांसदहरू महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन्। यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरू जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटारमा बोलाएका छन्।

अध्यक्षद्वयले सांसदहरूसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च स्रोतले बताएको छ। तर कुनकुन मन्त्रीलाई हटाइने भन्नेबारेमा केही खुलाइएको छैन। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त छ। अन्य मन्त्रीलाई भने कार्यसम्पादनका आधारमा जिम्मेवारीबाट हटाउने तयारी प्रधानमन्त्री ओलीको छ।

नेकपाको गत शनिबारको सचिवालय बैठकपछि दुवै अध्यक्षबीच कुनै संवाद भएको थिएन। उनीहरूबीच बुधबार बिहान झन्डै एक घन्टा छलफल भएको थियो। दाहाल आइतबार गृहजिल्ला चितवन पुगेका थिए। मंगलबार काठमाडौं फर्किएका दाहाललाई छलफलका लागि प्रधानमन्त्री ओलीले नै बालुवाटार डाकेका हुन्। उनीहरूबीच पार्टीको राजनीतिक प्रतिवेदन, संगठनसम्बन्धी बाँकी काम, मन्त्रिमण्डल पुनर्गठनलगायतमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यसैबीच दुवै अध्यक्षले पार्टी नेता–कार्यकर्तालाई कम्तीमा दुईवटा बिरुवा रोप्न परिपत्र गरेका छन्। १४ असारमा सरकारले मनाउन लागेको राष्ट्रव्यापी वृक्षरोपण कार्यक्रममा सार्वजनिक स्थलमा कम्तीमा दुईवटा बिरुवा रोप्न ओली–दाहाल दुवैले नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन्। सरकारले १४ असारमा आर्थिक वर्ष ०७६/७७ लाई वृक्षरोपण वर्ष मनाउन लागेको छ।

दुई विरुवा रोप्न सर्कुलर

पार्टी नेता–कार्यकर्तालाई नेकपाका दुवै अध्यक्षले कम्तीमा २ ओटा विरुवा रोपन परिपत्र समेत गरेका छन्। १४ असारमा सरकारले मनाउन लागेको राष्ट्रब्यापी वृक्षारोपण कार्यक्रमका दिन सार्वजनिक स्थलमा कम्तीमा २ ओटा विरुवा रोप्न ओली–दाहाल दुवैले नेता–कार्यक्र्तालाई निर्देशन गरेका हुन्।

दुवै अध्यक्षले हस्ताक्षर गरी पार्टी नेताहरुलाई गरेको परिपत्रमा त्यस्तो निर्दशेन गरिएको छ। सरकारले १४ असारबाट आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउन लागेको छ।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार