नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १० गते नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले चार दिने आन्दोलनका कार्यक्रम सार्वजनीक गर्दै १० गते बन्दको घोषणा गरेको हो। सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट ज्यान गएपछि चार दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो। असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरेको छ।