• होमपेज
  • समाज
  • निर्मला हत्या प्रकरण: चार प्रहरी विरुद्ध मुद्दा

निर्मला हत्या प्रकरण: चार प्रहरी विरुद्ध मुद्दा

  • शुक्रबार, असार ६, २०७६
निर्मला हत्या प्रकरण: चार प्रहरी विरुद्ध मुद्दा

निर्मला हत्या प्रकरणको अनुसन्धानको क्रममा यातना दिएको भन्दै कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत सहित चार प्रहरी अधिकारी विरुद्ध जाहेरी दर्ता गरिएको छ। प्रहरी उपरिक्षक कडायत, प्रहरी नायब उपरिक्षक कृष्णराज ओझा सहितका चार जना विरुद्ध जाहेरी दर्ता गरिएको हो। भीमदत्त नगरपालिका २ उल्टाखाकी १३ बर्षिय बालिका निर्मलाको बलात्कार पछि हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरी बिरुद्ध यातनाको मुद्दा दिएका हुन्।
चौधरीलाई १६ दिन सम्म हिरासतमा राखिएको थियो।

तत्कालीन प्रहरीले नियन्त्रणमा लिएर आफूलाई यातना दिएर निर्मलाको बलात्कार पछि हत्या गरेको स्वीकार गर्न लगाएको चौधरीको भनाई रहेको छ। तर चौधरीको डिएनए नमिलेपछि रिहा गरिएको थियो। यसअघि पनि निर्मला हत्या प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले कञ्चनपुरका दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो। पछि डिएनए नमिलेपछि रिहा भएका विष्टले तत्कालीन प्रहरी विरुद्ध यातना सम्बन्धी मुद्दा दर्ता गरेका थिए। गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिको भने प्रहरीले अझै पहिचान गर्न सकेको छैन्।

चर्चामा

सम्बन्धित समाचार