• होमपेज
  • गौमुल
  • एकल महिलालाई क्षेमता बिकास तालिम

एकल महिलालाई क्षेमता बिकास तालिम

  • बिहिबार, असार ५, २०७६
एकल महिलालाई क्षेमता बिकास तालिम

बिनिस्ता धामी
बाजुरा ५ असार
गौमुल गाउँपालिकाको आयोजनामा गाउँपालिकाका ६४ जना एकल महिलालाइ क्षेमता बिकास तालिम दिएको छ । गौमुल गाउँपालिकाको आयोजनामा संचालन गरिएको कार्यक्रममा एकल महिलाहरुको मानशिकता र जिबिको पार्जन सम्बन्धी तालिमको आयोजना गरिएको गाउँपालिकाले बताएको छ । एकल महिला भनेर हेपीनु भन्दा एकल महिलो पनी केही गर्छन र स्वतन्त्र भएर बाच्नका लागी क्षेमता बिकास तथा अभिबृदीको तालिम दिएको गौमुल गाउँपालिका उपाध्यक्ष थापाले बताएकी छन् । एकल महिलाको समस्या पहिचान गर्नका लागी र आगामी आउने बजेटमा एकल महिलाको. मागलाइ कसरी समबोधन गर्ने भन्ने बिषयमा २ दिन सम्म छलफल गरिएको उपाध्यक्ष थापाले बताएको छ । २ दिन सम्म संचालन गरिएको कार्यक्रमको सहजिकरण सामाजिक अभियान्ता लाल बहादुर ओली र गैर सरकारी संस्था महासघंका केन्द्रीय सदस्य काशी बिकले गरेको गाउँपालिकाले बताएको छ । प्रशिक्षकले एकल महिलाहरुको आत्मरक्षा र तिनिहरुको मनोभावलाइ बढाउन र समाजमा केही गरेर जिवन निर्बाह गर्नका लागी प्रशिक्षण गरेको र यस्ता महिलाहरुको सहयोगका लागि गाउापालिका सकरात्मक र रचनात्मक सहयोग गर्ने गाउँपालिका अध्यक्ष हरी रोकायाले बताएका छन् । गाउँपालीकले हरेक कामहरु नयाँ र राम्रा गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार