• होमपेज
  • समाचार
  • अर्जुन क्षेत्री हिरासत बाट छुटे,

अर्जुन क्षेत्री हिरासत बाट छुटे,

  • शुक्रबार, जेष्ठ ३१, २०७६
अर्जुन क्षेत्री हिरासत बाट छुटे,

विवादास्पद ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले रिहा गरेको छ । जेठ २९ गते महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा त्रास फैलाएको आरोपमा पक्राउ परेका अर्जुन क्षेत्री रिहा भएका छन् । आफूलाई ज्योतिष बताउने क्षेत्रीले जेठ २९ गतेभित्र महाभूकम्प नआए आफुलाई फाँसी दिए पनि हुने अभिव्यक्ति दिएका थए ।

२९ गते महाभुकम्प आउँछ भन्दै त्रास फैलाएका कारण पक्राउ परेका उनलाई प्रहरीले जेठ ३१ गते रिहा गरेको छ ।

शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

प्रहरीबाट छुटे लगत्तै आफ्नो आफन्तको साथमा क्षेत्री निवास तर्फ लागेका छन् ।

चर्चामा

सम्बन्धित समाचार