शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • गौमुल
  • गौमुल गाँउपालिकामा बिद्यालय समायोजन शुरु

गौमुल गाँउपालिकामा बिद्यालय समायोजन शुरु

  • शनिबार, बैशाख ७, २०७६
गौमुल गाँउपालिकामा बिद्यालय समायोजन शुरु

रमित बि.क.
वैशाख ७, बाजुरा
गौमुल गाउँपालिकाले गाउँपालिले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार गर्ने बिद्यालय समायोजन प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाका तेस्रो गाउँ सभाबाट बिद्यालय समायोजन गर्ने निति पास गरेर प्रक्रिया अगाडी बढाएको छ ।
गाउँपालिकाको २९ औँ कार्यपालिकाको बैँठकबाट यसै शैक्षिक शत्रमा तत्काल परिक्षणको रुपमा गौमुल गाउँपालिका–१ दुर्गालीमा रहेको सिम आधारभुत बिद्यालय र महादेब आधारभुत बिद्यालयलाई अम्लिस मावि अम्लिसमा गाँभिएका छन् । महादेब आधारभुत बिद्यालयलाई आंशिक रुपमा कक्षा–३ सम्म झारिएको छ, भने सिम आधारभुत बिद्यालयलाई पूर्ण रुपमा समायोजना गरिएको छ । उतm २ वटै बिद्यालयका शिक्षक र बिद्यार्थीहरु समेत अम्लिस माविमा जाने गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
बिद्यालयमा बिद्यार्थी संख्या कम रहेका र संख्यात्मक रुपमा एउटै वडामा धेरै बिद्यालयको संख्या घटाई जनताले निजि स्रोतबाट शिक्षकलाई पाल्ने प्रबृतिको अन्त्य गरी शैक्षिक गुणस्तर कायम गर्ने बिद्यालय समायोजन गर्ने निति गाउँपालिकाले अघि सारेको अध्यक्ष रोकायाले वताए ।
पछिल्लो समय सामुदायिक बिद्यालयको संख्यामा मात्र बृद्धि भएको तर शिक्षा गुणस्तरिय नदेखिएका कारण सो निति गाउँपालिकाले अघि सारेको हो । यस बर्ष वडा नं.–१ को अम्लिसबाट बिद्यालय समायोजन गर्ने कार्य सुरु गरिएको छ गाउँपालिकाका उपाध्यक्ष सिता थापाले वताईन् । वडाकै भौगलिक हिसाबले टाढाबाट आउने बिद्यार्थीहरुको सहजताका लागि अम्लिस माविलाई आबासीय बिद्यालयको रुपमा होष्टेलका लागि डिजाईन् ईष्टमेट समेत भईसकेको उपाध्यक्ष थापाको भनाई रहेको छ ।
शिक्षाको गुणस्तर सुधार गरी व्यवस्थित ढङ्गगबाट अघि बढ्ने योजनाका साथ गौमुल गाउँपालिका अघि बढेको छ । साथै क्रमिक रुपमा शिक्षकहरुको बिषय मिलान गर्ने र गाउँपालिकामा भरी रहेका बिद्यालय शिक्षकहरुलाई समायोजन गर्ने नितिका साथ गाउँपालिका अगाढी बढीरहेको छ ।
पछिल्लो समय जिल्लाका धेरै जसो सामुदायिक बिद्यालयको शिक्षाको गुणस्तर घस्किदोँ अवस्थामा रहेको बेला गौमुल गाउँपालिकाले भने शिक्षालाई गुणस्तरिय बनाउन बिद्यालय समायोजन गर्ने प्रक्रियाको थालनी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार