बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • नेकपाकाे संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रममै बेहोस भएर ढलिन्

नेकपाकाे संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रममै बेहोस भएर ढलिन्

  • मङ्लबार, फाल्गुन २८, २०७५
नेकपाकाे संसदीय दलकी सचेतक शान्ता चौधरी कार्यक्रममै बेहोस भएर ढलिन्

२८ फागुन, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चाैधरी कार्यक्रममै बेहाेस भएकी छन् । दाङको तुलसीपुरमा आयोजित एउटा कार्यक्रममा चाैधरी बेहोस भएकी हुन् ।उच्च सरकारी वकील कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन सकिएलगत्तै सचेतक चौधरी बेहोस भएकी हुन्। महान्यायाधिवक्ता अग्नि खरेलले उच्च सरकारी वकील कार्यालयको उद्घाटन गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन्।

चाैधरी कार्यक्रममा मन्तव्य ब्यक्त गरेपश्चात बेहोस भएपछि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो।उपचारपछि उनी होसमा आएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार