शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा बाजुराको मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली

नेकपा बाजुराको मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली

  • शुक्रबार, फाल्गुन १७, २०७५
नेकपा बाजुराको मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली

बडीमालिका समाचार
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि नेकपा बाजुराले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।


देशकै निम्ति अझै धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता अधिकारीको अकल्पनीय निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको छ ।


नेपाल कम्युनिष्ट पाटी नेकपा बाजुराको पाटी कार्यालयमा मौनधारण तथा श्रदाञ्जली सभाको आयोजना गरिएको नेकपा पार्टीका नेता अमर खड्काले बताएका छन । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गरेको पार्टी कार्यालय बाजुराले बताएको छ ।


श्रद्धाञ्जली कार्यक्रममा नेकपा नेता गगन रावल, भरत थापा पुर्व सासंद पेम्बा गुरुङ लगायत जिल्ला कमिटिका नेता तथा कार्यक्राकबो उपस्थितीमा पाटीका नेताले श्रद्धाञ्जली दिइरहेका छन् ।


फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रविन्द्रप्रसाद अधिकारीको निधनको शोक बिज्ञप्ती जारी गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार