बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली करिडोरमा स्काभेटर दुर्घटना हुँदा एक जना वेपत्ता

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना हुँदा एक जना वेपत्ता

अझै उद्धार हुन सकेन

  • आइतवार, बैशाख १३, २०८३
सेयर गर्नुहोस् :
कर्णाली करिडोरमा स्काभेटर दुर्घटना हुँदा एक जना वेपत्ता

बाजुरा–कर्णाली करिडोर सडकखण्डमा स्काभेटर दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन् । आइतबार बिहान सडकखण्ड अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका र कालिकोटको सीमानामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटना भएको हो ।

लौखु जिरो पोईन्ट–कोल्टी भित्र सडक (नयाँ निर्माण) खन्ने क्रममा निस्केको माटो कर्णाली करिडोरमा थुप्रिन गई सोही माटोको कारण कर्णाली करिडोर अवरुद्ध भएकोमा नयाँ निर्माण सडकबाट स्काभेटर सफा गर्न जाने क्रममा दुर्घटनामा परेको हो ।डोजरमा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सकुशल छन् भने एक जना वेपत्ता रहेको स्थानीयको कुरालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा चालक कालिकोट नरहरीनाथ गाउँपालिका २ बस्ने अन्दाजी २५ बर्षको केशब बिष्टले चलाएको प्रदेश ३ ०१ ००३ क ६३११ नं. को स्काभेटर पल्टिएको हो । सडकबाट अन्दाजी २ सय मिटर तल भिरमा रहेको उक्त स्काभेटर भित्र रहेका सोही ठाउँ बस्ने अन्दाजी १८ बर्षका महेश रावल वेपत्ता रहेको जनाएको छ ।

यस्तै चालक र सह चालक घटनास्थलमै सकुसल रहेका छन् । नयाँ निर्माण बाटोको माटोको कारण कर्णाली करिडोर अवरुद्ध रहेको रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएका रावलको उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगे पनि ठुलो भीर हुँदा उद्धार हुन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार