
बाजुरा–बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल ६ वस्ने २८ बर्षका पदम ल्वार रहेका छन् ।
सोमबार सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनि हिडेका थिए । तर बेलुका देखि सम्पर्कविहीन भएकोमा मंगलबार भीरको तल मृतक भेटिएको प्रहरी जनाएको छ । मृतक ल्वारको शव अहिले पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


