बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

  • बुधबार, बैशाख २, २०८३
सेयर गर्नुहोस् :
फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन आज एकैदिन २९ सयले बढेको छ भने चाँदी १५५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य ५ हजार २२० कायम भएको छ ।

मंगलाबार सुन तोलामा २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार