बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

बाजुराका मात्र ५ सडक अलपत्र

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
बाजुरा र अछामका सडक अलपत्र पार्ने  ८ ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

बाजुरा— सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ८ निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको छ।

कार्यालयले जारी गरेको सार्वजनिक सूचना अनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नति आयोजनाका लागि सम्झौता गरेका निर्माण व्यवसायीहरूले सम्झौता अनुसार काम नगरेको, प्रगति सन्तोषजनक नरहेको तथा पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि सुधार नभएको पाइएपछि ठेक्का किन नतोड्ने भन्ने विषयमा कारण पेश गर्न सूचना जारी गरिएको हो।

कार्यालयका अनुसार यसअघि पनि समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेता गरिएको थियो। थपिएको म्यादभित्र पनि अपेक्षित प्रगति नभएपछि अन्तिम पटक १५ दिनको समय दिँदै चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको हो।

सूचनामा तोकिएको समयभित्र निर्माण व्यवसायीले सन्तोषजनक जवाफ नदिएमा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

सूचनामा उल्लेख गरे अनुसार स्पष्टीकरण सोधिएका योजनामध्ये अछाम र बाजुरा जिल्लाका विभिन्न सडक स्तरोन्नति तथा निर्माण योजनाहरू रहेका छन्। जसमा घुघुरकोट–फडा–खप्तड–नैनी सडक, कर्णाली करिडोर अन्तर्गत माणिकान्दा–मालिका सडक, बाजुराकाे मार्तडी–कोल्टी–पिलुचौर सडक, सेरा–अटैचौर–थामलेख सडक लगायतका योजनाहरू समावेश छन्। बाजुराका मात्र ५ सडकमा काम अलपत्र पारेका ठेकदार कम्पनी रहेका छन ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार