बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराको ११औं बैठक सम्पन्न, पार्टीका आन्तरिक संगठनलाई थप सुदृढ बनाउने 

एमाले बाजुराको ११औं बैठक सम्पन्न, पार्टीका आन्तरिक संगठनलाई थप सुदृढ बनाउने 

  • मङ्लबार, चैत्र २४, २०८२
सेयर गर्नुहोस् :
एमाले बाजुराको ११औं बैठक सम्पन्न, पार्टीका आन्तरिक संगठनलाई थप सुदृढ बनाउने 

बाजुरा — नेकपा एमाले बाजुराको ११औं जिल्ला कमिटी बैठक सम्पन्न भएको छ। बैठकले विभिन्न समसामयिक तथा संगठनात्मक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कथित गैरकानुनी गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ। पार्टीले यसलाई लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको कार्य भन्दै तत्काल सच्याउन माग गरेको  नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीले बताए ।

त्यसैगरी, यस अवधीमा   एमाले आस्थावन नेता तथा कार्यक्रताकाे निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव काशी विकले बताए । बैठकले हालै सम्पन्न निर्वाचनमा सहभागी मतदाता, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारकर्मीप्रति धन्यवाद ज्ञापन गरेको छ। निर्वाचन सम्पन्न गराउन सबै पक्षले खेलेको भूमिकाको प्रशंसा गरिएको सचिव विकले बताए।

यसैबीच, नयाँ वर्ष २०८३ सालको अवसरमा सम्पूर्ण जिल्लावासी तथा नेपाली जनतामा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरिएको सचिव विकले जानकारी दिएका छन । बैठकले पार्टीको आन्तरिक संगठनलाई थप सुदृढ बनाउने निर्णय गर्दै केन्द्रबाट जारी विशेष परिपत्रको अध्ययन तथा प्रभावकारी कार्यान्वयनमा प्रतिबद्धता जनाएको नेकपा एमाले बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार