बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

  • शनिबार, चैत्र २१, २०८२
सेयर गर्नुहोस् :
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

काठमाडौं —संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।

घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा भइरहेको जनाइएको छ । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज हुन बाँकी रहेको उनको पनि अवस्था खतरामुक्त रहेको आबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीहरुको अवस्थाबारे जानकारी लिएको हो ।

शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो ।

जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए ।

चर्चामा

सम्बन्धित समाचार