बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मार्तडी–कोल्टी सडक निर्माण चाँडो गर्न माग गर्दै थापाले बुझाए मुख्यमन्त्री शाहलाइ ज्ञापन पत्र

मार्तडी–कोल्टी सडक निर्माण चाँडो गर्न माग गर्दै थापाले बुझाए मुख्यमन्त्री शाहलाइ ज्ञापन पत्र

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
मार्तडी–कोल्टी सडक निर्माण चाँडो गर्न माग गर्दै  थापाले बुझाए मुख्यमन्त्री शाहलाइ ज्ञापन पत्र

धनगढी — कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार समक्ष बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हेमराज थापाले बुधबार मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
मुख्यमन्त्री शाहसँग भएको भेटमा प्रदेशका भौतिक पूर्वाधार मन्त्रीको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा थापाले मार्तडी–कोल्टी सडक बाजुरा जिल्लाको प्रमुख राजमार्गकाे रुपमा  भए पनि लामो समयदेखि निर्माण कार्य अलपत्र अवस्थामा रहेको भन्दै तत्काल काम अघि बढाउन आग्रह गर्नुका साथै ध्यानाकर्षण गराएका थिए ।
उनले निर्माण कम्पनीको लापरबाही र प्रभावकारी अनुगमन अभावका कारण स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै सडक छिटो सम्पन्न गर्न कडा पहल आवश्यक रहेको बताएका छन्। ज्ञापन पत्रमा  बानिया निर्माण सेवाकाे  ढिलाइका कारण बिरामीलाई समयमै अस्पताल पुर्‍याउन समस्या भएको, खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ आएको, विद्यार्थीको आवागमन प्रभावित भएको र समग्र जिल्लाको आर्थिक तथा सामाजिक जीवन प्रभावित भएको उल्लेख गरिएको छ।
थापाले निर्माण कार्य तत्काल सुरु गराउन, सम्बन्धित कम्पनीमाथि कारबाही गर्न र अनुगमन सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै समयमै समस्या समाधान नभए स्थानीय स्तरमा थप दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। मुख्यमन्त्री कार्यालयले भने उक्त विषयलाई गम्भीरतापूर्वक लिएको र आवश्यक पहल गरिने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार