बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कला /साहित्य
  • कविता : म चुप रहने छैन

कविता : म चुप रहने छैन

  • बुधबार, चैत्र ४, २०८२
सेयर गर्नुहोस् :
कविता : म चुप रहने छैन

कविता : म चुप रहने छैन।

म चुप रहने छैन
हो, मेरो उमेर सानो होला,
तर मेरो भित्र उठेको प्रश्नहरूकुनै उमेरले सानो बनाउँदैन ?

म देख्छु
सपना बेचिएका अनुहारहरू,
आशा हराएका आँखाहरू,
र सत्य बोल्न डराउने यो भिड।

अनि म सोध्छु
के हामी जन्मेका हौँ केवल चुप बस्न?
के हाम्रो काम हो
अरूको गल्ती सहेर मुस्कुराउनु?

यदि हो भने…
म त्यस्तो पुस्ता होइन।

म त आगो हुँ
जुन शब्दमा बल्छ,
म त आवाज हुँ
जुन मौनतामा पनि गुञ्जिन्छ।

तिमीले भन्न सक्छौ
“यो त केवल कविता हो…”
तर याद राख,
क्रान्ति सधैं एउटा आवाजबाट सुरु हुन्छ।

म यहाँ तालीको लागि उभिएको छैन,
म यहाँ सत्य बोल्न आएको हुँ,
जसले कसैलाई दुख्न सक्छ,
तर कहिल्यै झुटो हुँदैन।

किनकि…म चुप बस्ने होइन,
म परिवर्तनको सुरुवात हुँ।

आज म बोलेँ भने,
भोलि हजारौं बोल्नेछन्
र त्यो दिन,यो मौनता हार्नेछ।

चर्चामा

सम्बन्धित समाचार